घर जाने होइन ? दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला भो |

काठमाडौं । यातायात व्यवसायीले दशैंमा घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् । दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको हो ।
आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायीहरू असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्न सहमत भएका हुन् । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुल्ला गर्ने सहमति गरेको हो ।
उनका अनुसार असोज ५ गतेदेखि बुकिङ खुल्ला गर्ने गरी सबै पक्षले तयारी थाल्ने सहमति भएको छ । भाडाको विषयमा चाडपर्व सकिनेबित्तिकै समायोजन गर्ने प्रतिवद्धता सरकारले गरेको छ ।