रोयल एनफिल्डका एकैसाथ दुई मोडल सार्वजनिक |
काठमाडौं । रोयल एनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स् प्रा.लि.ले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल एनफिल्ड ब्राण्डका एकैसाथ दुई मोडल सार्वजनिक गरेको छ । कम्पनीले रोयल एनफिल्ड ब्राण्डको थण्डरबर्ड ३५० एक्स् मोडल र क्लासिक गन मेटल ग्रे ३५० सीसी सार्वजनिक गरेको हो ।
कम्पनीका ब्राण्ड म्यानेजर अनुज मल्लका अनुसार उक्त बाइक रोयल एनडफिल्ड थन्डरबर्डको परिमार्जित बाइक हो ।
उत्कृष्ट डिजाइनको उक्त थन्डरबर्ड एक्स बाइक बीएस फोर मोडल, ट्यूबलेस टायर, अलो ह्वीलका साथै सेतो तथा रातो रङमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।
क्लासिक गन मेटल ग्रेतर्फ बीएस फोर मोड,, डबल डिक्स, ब्राउन सिट कभर रहेको छ ।