वडाले क्रसर बन्द गर्दा तामाकोशीे अलपत्र |

दोलखा । दोलखाको उत्तरी क्षेत्र सिंगटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा राष्ट्रिय गौरवको आयोजना तामाकोशीलगायत पुनः निर्माणको कामसमेत अलपत्र परेको छ । कालिञ्चोक गाउँपालिका–४ बाट एक्कासि बन्द गर्न पत्राचार भएपछि उक्त क्रसर उद्योग बन्द भएको हो ।
ठेकेदारले क्रसर बन्द गरेका कारण माथिल्लो तामाकोशीका काम, दोलखा सिंगटी सडक निर्माण, भूकम्प पीडितको आवास निर्माण र एडीबीबाट निर्माण हुँदै गरेका दर्जनौंको संख्याका विद्यालयको काम अलपत्र परेको हो ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको काम गरिरहेको सिनोहाइड्रो कम्पनीको सब कन्ट्र्याक्टरको क्रसर बन्द गराएपछि राष्ट्रिय गौरवका आयोजनाको काम ठप्प हुने भएको छ । मन्त्रिपरिषद्ले गरेका निर्णयको अवज्ञा नगर्न जनप्रतिधिलाई ठेकेदार कम्पनीले अनुरोध गरेको छ ।