निगमको अर्को जहाज पनि चार दिनका लागि ग्राउण्डेड | चार ठोक्किएको विमान ‘सगरमाथा’ले आजदेखि उडान गर्ने

काठमाडौं । नेपाल भित्र्याएको नेपाल वायुसेवा निगमको अर्को जहाज नयाँ एयरबस ३३० ‘मकालु’ पनि बिहीवार ग्राउण्डेड भएको छ । उक्त जहाजलाई निगमले एक साताअघि मात्र नेपाल भित्र्याएको हो ।
दिल्लीबाट बिहीवार दिउँसो १२ बजे काठमाडौं आएको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएपछि (डेन्ट) कोरिएको पाइएपछि ग्राउण्डेड गराइएको निगमका सह–प्रवक्ता सैलेश कंसाकारले जानकारी दिए । उनले दिल्ली विमानस्थलमा कन्टेनरले छोएर स्क्र्याच भएकाले ग्राउण्डेड गरिएको जानकारी दिए । उनले भने, ‘चार दिनभित्र मर्मत गरेर उडान सुचारु गरिनेछ ।’
यसअघि चरा ठोकिएर ग्राउण्डेड भएको एयरबस–३२० एकेडब्लू ‘सगरमाथा’ले पनि शनिवारदेखि नियमित उडान गर्ने उनले बताए । गत साता बिहीवार निगमको जहाजमा चरा ठोकिएर ग्राउण्डेड भएको थियो ।