मेगा बैंक र जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक एसके टमोटले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब मेगा बैंकका देशभर फैलिएका सम्पूर्ण शाखाबाट उक्त बैंकका ग्राहकहरुले जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गरिरहेको निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा पाउन सक्ने बैंकले जानकारी दिएको छ ।