नेपाल आयल निगममा कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढ्यो | आवेदन दिने अन्तिम म्याद असोज १२ गतेसम्म

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडमा रिक्त रहेको कार्यकारी निर्देशक पद पूर्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ । उक्त पद पूर्तिका लागि योग्य उम्मेदवार छान्न प्रतिस्पर्धा गराएर मात्र नियुक्ति गर्ने प्रक्रिया शुरू गरेको हो । सो प्रक्रियाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्त आब्हान गरेको छ ।
मन्त्रालयले कार्यकारी निर्देशकका लागि असोज १२ गतेभित्र दरखास्त दिन आव्हान गरेको छ । कार्यकारी निर्देशक बन्न अर्थशास्त्र, वाणिज्यशास्त्र, इञ्जिनियरिङ र व्यवस्थापन जुनसुकै विषयमा स्नातकोत्तरसम्म अध्ययन पूरा गरेको हुनुपर्दछ ।