टीभीएसको एनर्टक १२५ स्कुटर नेपाली बजारमा | मूल्य रू. २ लाख २४ हजार ९ सय

काठमाडौं । टीभीएस टू ह्विलका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले भृकुटीमण्डपमा जारी नाडा अटो शो २०१८ को अवसर पारेर उक्त स्कुटर सार्वजनिक गरेको हो ।
युवावर्गलाई लक्षित गरी डिजाइन गरिएको सो स्कुटर टीभीएस रेसिङ प्लेटफर्मका साथ तीन भल्ब इञ्जिनयुक्त रहेको कम्पनीले जानकार िदिएको छ । एनर्टक १२५ टेक्नोलोजी प्लेटफर्म टीभीएस स्मार्ट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ । यसको बजार मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।