रू. १ करोड ४९ लाखको स्कोडा कोडियाक कार नेपालमा |
काठमाडौं । नेपाली बजारमा अल न्यू स्कोडा कोडियाक कार भित्रिएको छ । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लूले उक्त कारलाई नेपाली बजारमा सार्वजनिक गरेको हो ।
यो स्पोर्टी लुक्स, क्रिष्टलाइन डिजाइन, क्लासकै उत्कृष्ट सुरक्षा व्यवस्था र ‘सिप्ली क्लेभर’ फिचर भएको स्कोडाको पहिलो ‘सेभेन सिटर’ एसयूभी हो । यो कारमा शक्तिशाली २ लिटरको डिजेल इञ्जिन, ४ बाई ४ अल–ह्विल ड्राइभ सिष्टम, ७ स्पिडको गियर बक्स रहेको छ । यसले १६ दशमलव २५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।
यसमा एसयूभीमा क्लासकै सबैभन्दा ठूलो बूट स्पेस रहेको कम्पनीको भनाइ छ । यसको डिजाइन, इण्टेरियर स्पेर, प्राक्टिकल इण्टेलिजेन्स र इनोभेटिभ टेक्नोलोजीले स्कोडा कोडियाकलाई हाइक्लास एसयूभी बनाइएको छ । स्कोडा कोडियाक नेपालभरका स्कोडा शोरूममा ‘क्वार्ज ग्रे’, ‘मुन ह्वाइट’, ‘म्याजिक ब्ल्याक’, ‘लाभा ब्ल्यू’ र ‘लाभा रेड’ गरी पाँच आकर्षक कलरमा उपलब्ध हुनेछन् ।
यसमा भएको २.० टीडीआई इञ्जिनले ११० किलोवाट ९१५ (पीएस) र ३४० एनएमबराबरको ऊर्जा उत्पन्न गर्छ । कोडियाकको अधिकतम स्पिड १ सय ९२ किमी प्रतिघण्टा रहेको कम्पनीले जानकारी दिएको छ ।
नौओटा एयरब्याग रहेको कोडियाकमा ‘ह्याण्ड फ्री’ पार्किङ प्रविधि रहेकाले जस्तोसुकै साँघुरो स्थानमा पनि आफैं पार्किङ गर्न सकिन्छ । नेपाली बजारमा यसको मूल्य १ करोड ४९ लाख रुपैयाँ रहेको छ । नेपालमा फूल–साइज्ड एसयूभीको बढ्दो मागलाई सम्बोधन गर्न उक्त कार ल्याइएको कम्पनीका कार्यकारी निर्देशक रौनक अग्रवालले बताए ।