दशैंको अवसरमा साल्ट ट्रेडिङले मोबाइल भ्यानबाट खाद्यवस्तु विक्री गर्ने |
काठमाडौं । साल्ट ट्रेडिङ लिमिटेडले आउँदै गरेको दशैंतिहार र छठ पर्वलाई लक्षित गरेर सुपथ मूल्यमा खाद्यवस्तु मोबाइल भ्यानबाट विक्री गर्ने भएको छ । साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले लिमिटेडको ५६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा त्यस्तो जानकारी दिएकी हुन् ।
सो अवसरमा श्रेष्ठले लिमिटेडले आफ्ना सेवा सातै प्रदेशमा विस्तार गरिसकेको जानकारी समेत दिइन् । लिमिटेडले हाल कृषि विकासमा सहयोग पुर्याउन अनुदानको मल र कृषि औजार विक्री गर्ने गरेको छ । गहुँको बीउ प्रशोधन गरी किसानसमक्ष पु¥याएको तथा प्रशोधित तोरीको तेल उद्योग स्थापनाको तयारी भइरहेको पनि उनले जानाकरी दिइन् । हाल लिमिटेडले वितरण गरिरहेको ग्यास र आयोडिनयुक्त नूनको विक्री बढेको उनको कथन थियो । अहिले लिमिटेडसँग ६ महीनाका लागि पुग्ने नून सञ्चित रहेको पनि उनले जानकार दिइन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले लिमिटेडलाई सेवामुखी भावले आमउपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउन निर्देशन दिए । उनले आवश्यक रासायनिक मल, चिनी, नून तथा अन्य उपभोग्य वस्तुको सुपथ मूल्य र सहज आपूर्तिका लागि लिमिटेडले सेवामुखी रूपमा काम गर्नुपर्ने बताए ।