बढ्यो सुनको मूल्य, आज तोलाको ५८ हजार दुई सय |

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । आज तोलामा तीन सय रुपैयाँ बढेर प्रतितोला ५८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले छ । हिजो प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको मूल्य बढे पनि चाँदीको मूल्यमा भने कुनै परिवर्तन नभएको संघले जानकारी दिएको छ । हिजो प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको छ ।