एनसीसी बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंंकासुरेन्स सम्झौता |
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच बैंंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बी.के. महर्जनले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब एनसीसी बैंकका देशभर रहेका सबै शाखा कार्यालयबाट प्रुडेन्सियल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा पाउन सकिने बैंकले जानकारी दिएको छ ।