एनआईसी एशियाको चामत्कारिक सवारी र घरकर्जा योजना सार्वजनिक | सवारीमा ११ हजारबाट किस्ता शुरू, घरजग्गामा ५० वर्षसम्मको अवधिमा आफैंले किस्ता निर्धारण गर्न सकिने
काठमाडौं । तपाईं घर वा गाडी किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भने एनआईसी एशिया बैंक लिमिटेडमा जानुस् । सो बैंकले सस्तो ब्याजदरमा नयाँ चामत्कारिक कर्जा योजना सार्वजनिक गरेको छ । उक्त बैंकले ‘बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मूल नाराका साथ चामत्कारिक सवारी कर्जा र चामत्कारिक घरजग्गाकर्जा’ योजना सार्वजनिक गरेको हो ।
बैंकले आफ्ना ग्राहकहरूको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै सबैको लागि अझ बढी सहज, सवल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ उक्त योजना ल्याएको बताएको छ ।
‘एनआईसी एशिया बैंकको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार’ भन्ने नाराका साथ ल्याएको चामत्कारिक सवारी कर्जा योजनाअन्तर्गत नयाँ गाडी लिन वा पुरानो सवारीसाधन साट्न चाहने सम्पूर्ण ग्राहकहरूले समेत चामत्कारिक योजनाबाट लाभ उठाउन सक्नेछन् ।
त्यसैगरी, बैंकले ‘एनआईसी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार’ भन्ने नाराका साथ ल्याएको चामत्कारिक घरजग्गा कर्जा योजनाअन्तर्गत घरजग्गा किन्न चाहने ग्राहकहरूले उक्त योजनाबाट अधिकतम ५० वर्षसम्मको अवधिका लागि अत्यन्तै न्यून ब्याजदरमा विभिन्न सुविधाका साथ कर्जा पाउन सक्ने बताएको छ ।
सार्वजनिक गरिएका दुवै योजना मुलुकभर रहेका बैंकका सबै शाखा कार्यालयमा लागू भएकाले ग्राहकहरूले जुनसुकै शाखाबाट पनि उक्त योजनाबाट आफूले चाहेको गाडी तथा घरजग्गा बिनाझन्झट, न्यूनतम ब्याजदर तथा न्यूनतम किस्ता रकममा किनेर आफ्नो सपना साकार पार्नेछन् भन्ने बैंकको विश्वास छ ।
चामत्कारिक सवारी कर्जा योजनामा के के छन् विशेषता ?
१.तुरुन्तै कर्जा स्वीकृति (अन द स्पोट) हुने
२. अधिकतम १५ वर्षसम्मको कर्जा भुक्तानी अवधि
३. अति न्यून मासिक किस्ता रकम (सवारीको मूल्यअनुसार मासिक रू ११ हजारबाट नै किस्ता रकम शुरु हुने )
४. आंशिक अथवा पूर्ण रूपमा बिनाकुनै शुल्क पूर्वभुक्तानी गरी आफ्नो इच्छाअनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने
५.मासिक ब्याजदर ०.९ प्रतिशत मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. घरजग्गा र सवारी दुवै कर्जा लिने ग्राहकहरूलाई विशेष छुटको व्यवस्था
चामत्कारिक घरजग्गा कर्जा योजनामा के के छन् विशेषता ?
१. आफ्नो आम्दानीअनुसार आफैं मासिक किस्ता निर्धारण गर्न सकिने
२. अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि
३. आंशिक अथवा पूर्ण रूपमा बिनाकुनै शुल्क पूर्वभुक्तानी गरी आफ्नो इच्छाअनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
४. कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
५. मासिक ब्याजदर ०.९ प्रतिशत मात्र
६. प्रशासनिक सेवाशुल्कमा विशेष छुट
७. आधारदरमा भएको परिवर्तनअनुसार मात्र ब्याजदर परिमार्जन हुने
हाल यस बैंकले देशभर २ सय ४४ शाखा कार्यालय, २ सय ३८ एटीएम काउण्टर, १४ वटा एक्सटेन्सन काउण्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू.१८८ अर्बभन्दा बढी पुगेको तथा कुलनिक्षेप करिब रू. १५९ अर्ब र कर्जा रू. १३२ अर्ब रहेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाखभन्दा बढी रहेको छ ।