जोस टकको पहिलो कार्यक्रम सम्पन्न | २०० भन्दा बडिको सहभागीता
काठमाडौं । सोबित बांगा र सुप्रिया पउलले सन् २०१५ मा अन्तरराष्ट्रिय युवाहरुमा मानविय सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ समाजका सफल व्यक्तिहरुको प्रेरणादायि कथाहरु शेयर गर्ने प्ल्याटफर्मको रुपमा जोस टकको स्थापना गरेका हुन् । गएको शनिबार साउथ वेष्टन कलेजमा नेपालको पहिलो जोस टक आयोजना भएको थियो जसमा फेसबुक सहआयोजक रहेको थियो ।
जोस टक नेपाल ‘जोस टक अन्तरराष्ट्रिय ’सँग आवद्ध भएको छ । जोस टकले उद्यमशिलता, पब्लिक पोलिसी, खेलकुद, मनोरञ्जन तथा सामाजिक सेवा क्षेत्रका वक्ताहरु सम्मिलित कार्यक्रमको आयोजना गरिरहेको छ । जोस टक नेपालको उद्देश्य नेपालका हिरोहरुको स्टोरीद्धारा यहाँका युवाहरुलाई प्रेरित गर्नु रहेको छ । जोस टकको मुख्य उद्देश्य नै व्यक्तिहरुलाई कथाको माध्यमबाट नयाँ आइडिया तथा नयाँ अवसरहरुका कथासँग जोड्नु हो । जोस टक नेपालले नेपाली समूदायलाई विश्वमा आज के भईरहको छ भन्ने दिशातर्फ पाईला बढाउन सहयोग गर्ने छ ।
जोस टकका सहसंथापक सोबित बांगाका अनुशार ‘जोस टकको मुख्य उद्देश्य आधुनिक युवाहरुलाई प्रेरणादायिक कथाहरु मार्फत उत्साहा बढाउनु हो । अझ उद्यमि, श्रजकहरुको आफ्ना कथाहरु शेयर गरि अन्य व्यक्तिहरुलाई श्रृजनाको औजार बन्न प्रेरित गर्नु हो । जोस टक नेपालले मानविय सम्भावनाहरुको मुल्यलाई उजागर गर्नेछ । ‘
जोस टकको पहिलो अन्तरराष्ट्रिय कार्यक्रमको बारेमा बोल्दै अर्का संथापक सुप्रिया पउलले
भनिन् ‘जोस टकको उद्यश्यनै सफलताका कथाहरु मर्फत व्यक्तिहरुको भित्र रहेको नयाँ आइडिया, नयाँ कथा र नयाँ सम्भावनाको उजागर गर्नू हो । जोस टक नेपालले नेपालको समुदायहरुलाई एकै ठाउमा ल्याई विश्वमा के भई रहेको भन्ने दिशा तर्फको एक पाईला हो ।’
सो कार्यक्रममा अहमद दुल्ला, शिक्षित भट्ट, शैली बस्नेत, सौनक भट्ट तथा शैलेन्द्रराज गिरीले आ—आफ्नो स्टोरीहरु सहभागिहरुको माझ शेयर गरेका थिए । जोस टकले हालसम्म ३.५ करोड मानिसलाई प्रेरणादायिक कथाहरु अनलाईन र अफलाईन माध्यमद्धार शेयर गरिसकेको छ । यो नेपालमा भएको कार्यक्रम जोस टकको १४ औ संकरण हो । यो संकरणसँगै नेपालका सहभागी युवा उद्ययमिहरु अविष्मरणीय कथाहरुसँगै उत्साहित भएका छन् ।