शुरु भयो नाडा अटो शो | ५ अर्बको कारोबार हुने अनुमान

काठमाडौं । राजधानीको भृकुटी मण्डपमा आजदेखि १३ औं ‘नाडा अटो शो’ शुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएनको अफ नेपालको आयोजनामा ६ दिनसम्म सञ्चालन हुने अटो शोमा ५ अर्ब रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ । मेलाको उद्घघाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् ।
मेलामा दुई पाङ्ग्रे, तीन पाङ्गे्र र चार पाङ्ग्रे सवारी साधन, मोबिल, टायर तथा पार्टपूर्जा समेत प्रदर्शनमा राखिएको छ । अटो मेलामा गाडीको बजार प्रवद्र्धन मात्र नभई अध्ययन, अनुसन्धान र जनचेतनाका कार्यक्रम समेत राखिएको नाडाका काबा अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।
मेलामा विभिन्न ७१ संस्थाको उपस्थितिमा विभिन्न ब्रान्डका गाडीका साथै पार्टपूर्जा र लुब्रिकेन्टसहित १ सय ३५ स्टल रहेको छ । मेला ६५ हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ ।
यस मेलामा २० वटा कम्पनीका गाडी एउटै थलोमा हेर्न पाइनुका साथै गाडीहरूको विशेषताका बारेमा समेत जाानकारी दिन कम्पनीबाट प्राविधिक टोली खटाइएको छ । उत्पादनकर्ता, बिक्रेता र उपभोक्ता तीनै पक्षको संगमको रुपमा नाडा अटो शोलाई लिन सकिन्छ । सबै कम्पनीले शोलाई लक्षित गरी केही छुटको व्यवस्था गरेका छन् । त्यसैले मेलामा शोरुममा भन्दा कम मूल्यमा गाडि खरिद गर्न सकिने छ ।
ठुला गाडि भने प्रर्दशनीमा राखिएन
गतवर्ष हेबी इक्विपमेन्ट तथा ठूला सवारी साधनलाई पनि प्रदर्शनी स्थलमा राखिएको थियो । अन्य सवारीको स्टल थपिँदै जाँदा स्थान साघुरो भएर ठूला भेहिकलको स्टल राख्न नसकिएको दुलालको भनाई थियो ।
नाडा अटोशोको उद्घाटन कार्यक्रममा एसोसिएसनका अध्यक्ष तथा उद्योग बाणिज्य माहासंघकी अध्यक्ष भावानी राणाले प्रदर्शन हलको समस्या भएको हुँदा बैकल्पिक स्थानको माग गरेकी थिइन ।
सबैले प्रदर्शन स्थलको आवाज उठाएपछि प्रमुख अतिथिको रुपमा बोलाइएका अर्थमन्त्री डा. युवराज खतिवडाले यसको लागि सरकारले आवश्यक पहल गर्ने बताए । व्यवसायीले चोभारमा यस्तो प्रदर्शनी स्थल निर्माण गर्न सकिने सुझाव दिएका थिए ।