माछापुच्छ्रे बैंकले शुरू गर्यो ‘माया’को सेवा |
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमै पहिलोपल्ट आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’ सञ्चालनमा ल्याएको छ । उक्त सेवामार्फत माछापुच्छ्रे बैंकका सेवा सुविधाहरूलगायत आफूसँग भएका जिज्ञासाहरूको जवाफ पाउन सकिने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार हाल ‘माया’को सेवा बैंकको वेबसाइट तथा फेसबुक म्यासेन्जरमा उपलब्ध रहेको छ । यो सेवा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित भएकाले ग्राहकहरूसँगको अन्तरक्रियाबाट ‘माया’ले स्वयम् पनि आफ्नो बौद्धिकता अभिवृद्धि गर्दै लैजानेछ ।
मायामार्फत ग्राहकहरुले चौबीसै घण्टा आफ्नो खाताको ब्यालेन्स, खाताको विवरण, नजिकका शाखा, एटीएम, बैंकले प्रदान गरिरहेको बचत खाता, कर्जा, ब्याजदर, वित्तीय साक्षरतासम्बन्धी जानकारी पाउन सकिनेछ ।
एमबीएल क्यूआर कोड
यो सेवामार्फत ‘माया’ले हजारौं ग्राहकहरूका लाखौं जिज्ञासालाई तुरुन्त मेटाउन सक्छ । साथै, उक्त सेवा नेपालमै पहिलो पटक बैंकिङ क्षेत्रमा प्रयोगमा ल्याएको नौलो प्रविधि रहेको बैंकको दाबी छ ।
‘माया’सँग अन्तरक्रिया गर्न फेसबुक म्यासेन्जरमा माछापुच्छ्रे बैंक सर्च अथवा म्यासेन्जर कोड वा क्यूआर कोड स्क्यान गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।