नाडा अटो शोको अवसरमा सुजुकीको पर्वोत्सव योजना सार्वजनिक |

काठमाडौं । जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले नेपालीहरुको महान् चाड दशैँ र तिहारलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको छ । काठमाडौंमा मंगलबारबाट सुरु भएको नाडा अटो शोको अवसरमा कम्पनीले उक्त योजनाबारे जानकारी सार्वजनिक गर्दै सम्पूर्ण गाडीहरुमा अफर उपलब्ध गराउने घोषणा गरेको छ ।
नाडा अटो शोकोे लागि यस योजना अन्तर्गत कम्पनीले थप आकर्षक छुट पनि उपलब्ध गराउने छ । सो छुट सुजुकीको नाडा अटो स्टल नं व्ज्ञठ को साथै नेपालभरिका सम्पूर्ण सुजुकी शोरुममा समेत उपलब्ध हुनेछ ।
यसपालिको ‘पर्वोत्सव’ अफर अन्तर्गत उपभोक्ताले २ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँ सम्म एक्सचेन्ज बोनस तथा स्क्रयाच कुपनमार्फत १ लाख रुपौयाँसम्म अतिरिक्त छुट पाउनेछन् । यसबाहेक उपभोक्ताहरुले कम्पनीका २०१७ का सम्पूर्ण मोडलहरुमा तथा नाडा अटो शोको बुकिङमा विशेष छुट समेत पाउने कम्पनीले जानकारी दिएको छ ।