डाट्सनको ˋफेस्टिव हटडिलˊ योजना सार्वजनिक | गाडी खरिदमा ३ लाख ६६ हजार ८ सय रुपैयाँसम्मको लाभलिन सकिने
काठमाडौ । नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडबाडको अवसरमा ˋफेस्टिव हटडिलˊ योजना सार्वजनिक गरेको छ । यो योजना नाडा अटो शोदेखि नै लागू हुने छ ।
यस योजना अन्तर्गत ग्राहकले डाट्सन गाडीको खरिदमा विशेष छुटलगायत अन्य थुप्रै सुविधाहरु प्राप्त गर्न सक्नृछन् । यस अफर अन्तर्गत गाडि खरिदमा १ लाख ६ हजार रुपैयाँसम्मको निःशुल्क एक्सेसरिज, २ लाखसम्मको नगद छुट समेत गरी जम्मा ३ लाख ६६ हजार ८ सय रुपैयाँसम्मको लाभ खरितकर्ताले लिन सक्नेछन् ।
यो लाभको साथ साथै नाडा अटो शोको अवसरमा बुकिङ्ग गर्नेे ग्राहकले २७ हजार रुपैयाँबराबरको स्मार्ट फोन पनि प्राप्त सक्ने छन् । यसका साथै गाडीे खरिदमा ग्राहकले निःशुल्क एक्सेसरिजहरु पाउनुको साथै १ वर्षको निःशुल्क इन्स्युरेनस, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग र एक वर्षको लागि सडक करको सुबिधा पनि प्राप्त गर्ने छन् । गाडी खरिदमा न्यूनतम ८ हजार ४ सय एक रुपैयाँको मासिक किस्ताबन्दी योजना उपलब्ध रहेको छ । यति थोरै मासिक किस्ताबन्दी योजना हालसम्म अन्य कुनै पनि कम्पनीका गाडीहरुमा नरहेको कम्पनीको दावीे छ ।
साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ डाट्सनसँग साट्न सक्नेछन् । कम्पनीले हरेक गाडीमा सहज फाइनासको सुबिधा पनि प्रदान गरेको छ ।
यसरी यस योजनाअन्तर्गत डाट्सन गाडी खरिद गर्नुहुने ग्राहकले डाट्सन रेडि गोमा अधिकतम २ लाख ७८ हजार २ सय, डाट्सन गोमा अधिकतम ३ लाख ३५ हजार र डाट्सन गो प्लसमा अधिकतम ३ लाख ६६ हजार ८ सय रुपैयाँसम्मको लाभ प्राप्त गर्न सकनेछन् ।