यामाहाले ल्यायो स्पोर्टी लुकको स्कुटर रे जेडआर ‘स्ट्रिट र्याली’ |
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्याली’ सार्वजनिक गरेको छ । यो स्कुटरको स्पोर्टी लुकले अहिलेको युवा पुस्ताको मन जित्ने कम्पनीको बिश्वास छ । ‘स्ट्रिट र्याली’ एडिसनको डिजाइन विश्वमै प्रतिष्ठित यामाहाको मोडेलहरुबाट प्रभावित छ ।
‘यामाहा रे जेडआर ‘स्ट्रिट र्याली’ एडिसन पावर र स्टाइलको उत्कृष्ट समिश्रण हो,’ एमएडब्लु इन्टरप्राइजेज टु–ह्विलर डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भने, ‘अत्याधुनिक प्रविधि भएको स्टाइलिस स्ट्रिट र्याली स्कुटरले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्नेछ । यामाहाप्रतिको बढ्दो मोहलाई नयाँ स्कुटरले नयाँ उचाइमा पुर्याउने अपेक्षा हामीले गरेका छौं ।’ नेपालमा यामाहा रे जेडआर ‘स्ट्रिट र्याली’को बजार मूल्य २ लाख ८ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो स्कुटर र्याली रेड र रेसिङ ब्लु गरी दुई वटा कलरमा उपलब्ध छ ।
नयाँ रे जेडआर ‘स्ट्रिट र्याली’का विशेषताहरुः
- ११३ सीसी ब्लु कोर इन्जिनः उत्कृष्ट पिकअप र उत्कृष्ट माइलेज लागि
- नकल गार्डः चालकको हातको सुरक्षाका लागि
- बोल्ड न्यु भाइजरः थप स्पोर्टी र आकर्षक डिजाइनका लागि
- डिजिटल इन्स्ट्रयुमेन्टल प्यानल)ः आवश्यक जानकारीहरु समावेश भएको आकर्षक ककपिट
- फ्रन्ट डिस्क ब्रेक एन्ड एलोई ह्विलः आकर्षक डिजाइन र पूर्ण आत्मविश्वासी ब्रेकिङका लागि ।