बोटलर्स नेपाल र बोटलर्स नेपाल तराईले डाके साधारणसभा, | २ अर्ब ८५ करोड ऋण लिएर नयाँ प्रोजेक्टको तयारीमा
काठमाडौं । बोटलर्स नेपाल र बोटलर्स नेपाल तराईको असोज १५ र १६ गते वार्षिक साधारणसभा हुने भएको छ । दुवैले आर्थिक वर्ष २०७४७५ को नाफाबाट नगद लाभांशका विषयमा छलफल गर्ने र पारित गर्ने प्रस्ताव गरेका छन् । साथै सभामा कम्पनीले नयाँ पेट लाइन विस्तारका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट २ अर्ब ८५ करोड रुपैयाँ आवधिक कर्जा लिने निर्णयलाई पनि विशेष प्रस्तावको रूपमा अगाडि सारेको छ ।
नगद लाभांश छलफल गर्ने भनिए पनि कति प्रतिशत वितरण गर्ने भन्नेबारेमा भने केही खुलाइएको छैन ।
सभामा बोटलर्स नेपाल तराईले सर्वसाधारणको तर्फबाट एक जना संचालकको निर्वाचन सम्बन्धमा छलफल गरी पारित गर्ने भएको छ ।
साधारणसभा प्रयोजनका लागि तराईले असोज २ गतेदेखि असोज १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ भने बोटलर्स नेपालले असोज १ गतेदेखि असोज १५ गतेसम्म बुक क्लोज गर्नेछ ।
बोटलर्स नेपालले गतवर्ष १ अर्ब र तराईले ७१ करोड ५४ लाख रुपैयाँ नाफा गरेका छन् । गतवर्ष तराईले २५ प्रतिशत नगद लाभांश दिएको थियो भने नेपालले आव २०६९७० मा ६० प्रतिशत नगद लाभांश दिएको थियो । त्यसयता दुवैले नगद लाभांश दिएका छैनन् । अहिले नेपालको जगेडा कोषमा ३ अर्ब २ करोड रुपैयाँ छ ।