विश्वविद्यालयमा सर्वोेत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई शिक्षक बनाउने सरकारको योजना |
काठमाडौं । सरकारले विश्वविद्यालयका सर्वोेत्कृष्ट विद्यार्थीलाई सोझै शिक्षण पेशामा प्रवेश गराउने योजना बनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम सार्वजनिक यस्तो योजना बाहिर ल्याएको हो ।
उत्कृष्ट प्रतिभाहरुलाई शिक्षण पेसामा प्रवेश गराउन विश्वविद्यालयका फ्याकल्टी टपहरहरुलाई सोझै शिक्षण पेशामा प्रवेश गर्न पाउने कानूनी व्यवस्था गर्ने’ नीतिमा भनिएको छ ।
साथै, सरकारी विद्यालयमा करारमा शिक्षक राख्नुपर्ने ठाउँमा पनि शिक्षक सेवा आयोगले लिएको परीक्षामा वैकल्पिकमा नाम निकालेहरुलाई मात्र राख्ने सरकारको तयारी छ ।सरकारले विद्यालयमा अलग्गै प्रधानाध्यापकको व्यवस्था गर्ने गरी नीति ल्याएको छ । यदि अलग्गै प्रधानाध्यापक नभएमा प्रधानाध्यापकको जिम्मा लिएका शिक्षकलाई धेरै कक्षा पढाउन नपर्ने व्यवस्गा गर्ने सरकारको तयारी छ ।
सरकारले हरेक ६ महिनामा विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने, एक विद्यालय एक वगैंचाको कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम पनि ल्याएको छ ।