नेपालले चीनका ७ वटा बन्दरगाह प्रयोग गर्न पाउने सहमति | चार वटा सामुन्द्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने

काठमाडौं । लामो छलफलबीच नेपाल⁄चीनबीच सम्पन्न पारवहन सन्धीको कार्यविधि (प्रोटोकल) मा सहमति जुटेको छ । नेपालले चीनका ७ वटा बन्दरगाहमार्फत तेस्रो मुलुकसम्म वस्तु आयात⁄निर्यात गर्न पाउने भएको छ ।
दुई देशबीचको यातायात तथा परावहान सम्झौताको प्रोटोकलमा चीनले आफ्ना ४ वटा सामुन्द्रिक र ३ वटा सुख्खा बन्दरगाह प्रयोग गर्न दिन सहमति जनाएको छ । सन् २०१६ मा प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली पहिलो पटक चीन भ्रमण गर्दा चीनसँग यातायात तथा पारवाहान सम्झौता भएको थियो । बिहीवार मध्यराती भएको सहमतिपछि कार्यविधिमा हस्ताक्षर भएसँगै नेपालले चिनियाँ बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको छ ।
नेपालका तर्फबाट उद्योग मन्त्रालयका सहसचिव रविशङ्कर सैँजु र चीनका तर्फबाट यातायात विभागका महानिर्देशक वाङ सिपिङ नेतृत्वको प्रतिनिधि मण्डलबीच भएको सहमति भएको हो । सहमतिअनुसार नेपालले तेस्रो मुलुकसँगको व्यापारको लागि चीनका थेन्जिन, सेन्चेन, लियानयुनक्याङक र चनजियाङ सामुन्द्रिक बन्दरगाहका साथै लान्झोउ, ल्हासा र सिगात्से सुख्खा बन्दरगाहको प्रयोग गर्न पाउनेछ ।
कसरी हुन्छ फाइदा
नेपालले सामान आयात निर्यात गर्दा चीनका रेल, बन्दरगाह, इन–ल्याण्ड वाटरवेज वा अन्य यातायातका मार्ग प्रयोग गर्न सक्नेछ । अब हङकङ, जापान, कोरिया, मंगोलिया र चीन आसपासका मुलुकहरुबाट सामान आयात⁄निर्यात गर्न सहज हुनेछ ।