बडादशैंको अवसरमा यामाहाको ‘विजय यात्रा’ |
काठमाडौं (आपास) । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इण्टरप्राइजेजले हिन्दूहरूको महान् चाड दशैं तथा तिहारको अवसर पारेर आफ्ना ग्राहकहरूको हित हुने नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले कम्तीमा ७ हजारदेखि १ लाख रुपैयाँसम्म नगद छूट पाउने ‘विजय यात्रा’ नामक योजना ल्याएको हो ।
उक्त योजनाअन्तर्गत यामाहा ब्राण्डका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म नगद छूट पाउने कम्पनीले जानकारी दिएको छ ।
त्यसैगरी, हरेक हप्ता हुने लक्की ड्रमार्फत एक जनाले न्यू यामाहा आर ३ जित्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीले दशैंतिहारको रौनकलाई थप उल्लासमय बनाउने उद्देश्यले उक्त अफर ल्याएको यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले बताए । उक्त योजनाको लक्की ड्रको प्रत्यक्ष प्रसारण टेलिभिजनबाट र यामाहा नेपालको फेसबूक पेजबाट सार्वजनिक हुने पनि उनले जानकारी दिए ।