रिलायबल नेपाल दोस्रो वर्षमा |
काठमाडौं (आपास) । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको छ । गतवर्ष सञ्चालनको अनुमति पाएको उक्त कम्पनीले कारोबार सञ्चालन गरेको १ वर्षको अवधिमा विभिन्न १२ प्रकार जीवन बीमा योजना सञ्चालन गरिरहेको जानकारी दिएको छ । कम्पनीले ५८ शाखामार्फत जीवन बीमाको पहुँच विस्तारमा योगदान गरेको बताएको छ ।