माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं (आपास) । माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतासँगै अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले बैंकको जुनसुकै शाखा कार्यालयहरूबाट पनि सहज रूपमा लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने सम्पूर्ण सेवा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
हाल बैंकले ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरलगायत २७ शाखारहित बैकिङ सेवामार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।