ज्योति विकास बैंकको नयाँ शाखा जनकपुर र गोलबजारमा |
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । जनकपुर उपमहानगरपालिका–९, जनकपुर, धनुषामा स्थापना गरिएको नयाँ शाखाको जनकपुर उप—महानगरपालिकाका मेयर लालकिशोर शाहु र नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयका निर्देशक नरेश शाक्य तथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीले बुधवार संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
त्यसैगरी, सिरहाको गोलबजार नगरपालिका– ६, गोलबजारमा स्थापना गरिएको नयाँ शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह तथा बैंकका संचालक जगदीश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटीएममार्फत सेवा दिँदै आइरहेको छ । चालू आवभित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम सञ्चालनमा ल्याउने बैंकको लक्ष्य रहेको छ ।