जलविद्युत् लगानी तथा विकास कम्पनीको सञ्चालक पदबाट ज्ञवालीको राजीनामा |
काठमाडौं (आपास) । जलविद्युत् लगानी तथा विकास कम्पनीको सञ्चालक पदबाट मनोजकुमार ज्ञवालीले राजीनामा दिएका छन् । बुधवार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीले दिएको राजीनामालाई स्वीकृत गरेको हो ।
ज्ञवालीले ज्योति विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै राजीनामा दिएका थिए । कुनै पनि संस्थाको प्रमख कार्यकारी अधिकृत भएसँगै अन्य कम्पनीमा सञ्चालक हुन नपाउने व्यवस्थाका कारण उनले राजीनामा दिएका हुन् । कम्पनीले रिक्त सञ्चालकको लागि आगामी हुने साधारणसभाबाट नियुक्ति गर्ने भएको छ ।