हुण्डाईको ‘फेस्टिबल डिलाइट्स’ योजना | नगद छुटदेखि क्रेटा गाडी जित्नेसम्म अफर
काठमाडौं । हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले चाडपर्वको अवसर पारेर ‘फेस्टिबल डिलाइट्स’ नामक योजना ल्याएको छ । भदौ २१ देखि कात्तिक २७ गतेसम्म सञ्चालन हुने उक्त योजनाअन्तर्गत नगद छुटका साथै एक वर्षसम्म निशुल्क बीमासमेत उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । साथै यसवाहेक स्क्रयाच कार्डमार्फत थप १ लाख रुपैयाँ नगद छुटसमेत उपलब्ध गराउने बताएको छ ।
लक्कीड्रमार्फत १०० जनालाई १०१० ग्राम सुन तथा बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत हुण्डाईको आई२० एक्टिभ एक थान र हुण्डाइ क्रेटा एक थान जित्न सक्ने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार उक्त योजनाअन्तर्गत हुण्डाईका सबै गाडीहरूमा ३ वर्ष वारेन्टी, चार वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानीसहितको सुविधा उपलब्ध हुनेछ । लक्ष्मी इण्टरकण्टिनेण्टलले नेपालभरि १३ शोरुम र १५ सर्भिस सेण्टरमार्फत सेवा दिइरहेको छ ।