बजाजको चाडपर्व योजना, प्रत्येक बजाज आरईको खरिदमा ३२ इन्चको टीभी |

काठमाडौं (आपास) । बजाज थ्री ह्विलर्सको आधिकारिक वितरक हंशराज हुलाशचन्द एण्ड कम्पनीले न्दिूहरूको महान् चाडपर्वको अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले दशैंतिहार तथा छैठको अवसर पारेर ‘बजाज आरईसँग खुशियाली’ नामक योजना सार्वजनिक गरेको हो ।
‘आरईले दिन्छ टीभी उपहार, मनाउँदै खुशी स–परिवार’ नाराका साथ सञ्चालन गरिएको उक्त योजनाअन्तर्गत हरेक बजाज आरईको खरीदमा ग्राहकले ३२ इञ्चको हिमस्टारको टेलिभिजन प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।