दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त |
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ अध्यक्ष पाएको छ । अध्यक्षमा दिगम्बर झा लाई नियुक्त गरिएको छ । झा खुल्ला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्षमा नियुक्त भएका हुन ।
प्रतिस्पर्धामा १५ जनाले निवेदन दिएकोमा ३ जनाको नाम छनौट भएको थियो । जसमा एक नम्बरमा झाको नाम छनौट भएको हो । यसअघि झा दुईपटक प्राधिकरणको अध्यक्षमा नियुक्त भई सकेका छन् । नयाँ नियुक्तिसँगै झाले अब ५ वर्ष प्राधिरकणको नेतृत्व सम्हाल्नेछन् ।
झालाई यसअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेकोमा केपी ओली नेतृत्वको सरकारले बर्खास्त गरेको थियो ।