नबिलको भिसाकार्ड प्रवर्धनात्मक अभियान |
काठमाडौं । नबिल बैंकले आफ्ना भिसाकार्डवाहक ग्राहकहरूलाई लक्षित गरेर ‘नबिल भिसा कार्ड नगद फिर्ता योजना’ नामक नबिल भिसाकार्ड प्रवर्धनात्मक अभियानको सञ्चालन गर्दै आएकोमा सो अभियानमा देहायबमोजिम परिवर्तन गरेको छ ।
यस योजनाअन्तर्गत कुनै पनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट) क्रेडिट (प्रिपेड) ग्राहकहरुले नेपालभित्रका पीओएसमार्फत कार्डबाट प्रत्येक पटक सफल कारोबार गरेपश्चात् कारोबार रकमको १० प्रतिशत वा अधिकतम रू. ३ सय फिर्ता पाउनेछन ।
यस योजनाअन्तर्गत कुनै पनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट) क्रेडिट (प्रिपेड) ग्राहकहरूले नेपालभित्रका इ—कमर्समार्फत कार्डबाट प्रत्येक पटक सफल कारोबार गरेपश्चात् कारोवार रकमको २० प्रतिशत वा अधिकतम रू. ६ सय फिर्ता पाउनेछन ।
यो योजना भदौ १६ गतेदेखि १५ दिनसम्म सञ्चालन हुने बैंकले जानकारी दिएको छ ।
उक्त योजनाले कार्डवाहक ग्राहकहरूलाई कार्डमार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगद रहित कारोबारलाई बढावा दिनुका साथै ग्राहकहरूलाई पीओएस तथा ई–कर्मसको लागि कार्डको प्रयोग बढीभन्दा बढी गर्न र विद्युतीय कारोबारलाई सजिलोसँग प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने बैंकले बताएको छ ।