हुन्डाईको फेस्टिभ डिलाइट योजना शुरू | लक्की–ड्रमार्फत हुन्डाई आई २० एक्टिम र हुन्डाई क्रेटा जित्न सकिने
काठमाडौं । हुन्डाई अटोमोबाइल्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट योजना बजारमा ल्याएको छ । कम्पनीले भदौ २१ देखि २७ कात्तिकसम्मका लागि लागू हुने गरी योजना ल्याएको हो ।
दसैँ–तिहार र छठसमेत लाई लक्षित गरी ल्याइएको योजनामा ग्राहकले आकर्षक नगद छुट र एक वर्ष निःशुल्क बिमा पाउने कम्पनीले जानकारी दिएको छ । यसबाहेक स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट, लक्कीड्रमार्फत सयजनालाई १०–१० ग्राम सुन तथा बम्पर उपहारअन्तर्गत लक्की–ड्रमार्फत हुन्डाई आई २० एक्टिम एक थान र हुन्डाई क्रेटा एक थान जित्न सक्ने कम्पनी बताइएको छ ।
सबै हुन्डाईका गाडीमा तीन वर्ष वारेन्टी, चार वर्ष फ्री सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानीसहितको सुविधा उपलब्ध हुने कम्पनीको भनाई छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १३ डिलर तथा ५ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।