ओप्पो एफनाइनको नेपालमा विक्री शुरू |

काठमाडौं । ओप्पोले भर्खरै नेपाल भित्र्याएको नयाँ स्मार्टफोन एफनाइनको विक्री शुरू गरेको छ । विभिन्न नयाँ नयाँ फिचरहरू रहेको उक्त स्मार्टफोनमा फ्ल्यासचार्जिङको सुविधा रहेको छ । सो फोनमा ५ मिनेट चार्ज गरी २ घण्टाको टकटाइम पाइने सुविधा उपलब्ध छ ।
ग्राडिएन्ट कलर डिजाइन रहेको यो फोनको नेपाली बजार मूल्य ४ जीबी भेरियण्टका लागि रू. ४१ हजार ५ सय ९० र ६ जीबी भेरियण्टका लागि ४५ हजार ५ सय ९० निर्धारण गरिएको छ ।
ओप्पो एफनाइन हालका लागि सनराइज रेड र ट्वाइलाइट ब्ल्यू गरी दुई आकर्षक रंगमा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।