बजाज थ्री ह्वीलर्सको चाडपर्व लक्षित क्याम्पेनː ‘बजाज आरईसँग खुसियाली’ |
काठमाडौं । बजाज थ्री ह्वीलर्सको आधिकारीक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिले दशै, तिहार र छठको बिशेष योजना ‘बजाज आरईसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘आइ ले दिन्छ टिभी उपहार, मनाउदै खुसी स–परिवार’ रहेको छ ।
चाडपर्वका अवसरमा बजाज आरईका ग्राहकहरु ३२ इन्चको हिमस्टार टिभी उपहार पाउने छन् । यसले परिवारमा समेत पर्वको उत्साह छाउने हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाको भनाई छ । ग्राहक वर्गमा यो रमाइलो क्षणमा उत्कृष्ट उत्पादन प्रदान गर्नुका साथै उत्कृष्ट योजनाहरु पनि प्रदान गर्न लागेको उनले बताए ।