स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायो योजना सम्पन्न | ४ लाख भन्दा धेरै विजेता
काठमाडौं । साउन ७ गते शुरु भएको स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायो योजना यहि भाद्र १५ गते सफलतापूर्वक सम्पन भएको छ । यस योजना अन्तर्गत उपभोत्ताले १० देखि ५ हजार रुपैयाँ सम्मको टक टाइम जित्न सक्छन । यस क्याम्पेनमा ४ लाख ३० हजार भन्दा बढी उपभोक्ताहरुले रिचार्ज टकटाईम जित्न सफल भएको कम्पनीले जानकारी दिएको छ । यो योजना स्प्राइट, कोकाकोला र फान्टाका ५०० एमएल, १.५ लिटर तथा २.२५ लिटरका पेट बोटलको खरिदमा लागू गरिएको थियो ।
स्प्राइटद्वारा संचालित यस क्याम्पेनमा उपभोक्ताहरुको बड्दो सहभागिता देखेर आफुहरु उत्साहित भएको कोकाकोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले बताए । यस क्याम्पेनमा भागलिने सम्पूर्ण उपभोक्ताहरुलाई धन्यबाद दिन चाहन्छौ ।,सिंहले भने, ʽ यस क्याम्पेनको सफलताको श्रेय हामी हाम्रा सबै रिटेल पार्टनर तथा क्याम्पेन संचालन पार्टनहरुलाई दिन चाहन्छौ ।ʼ