होण्डा एक्स ब्लेड नेपालमा |
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ मोडलको होण्डा एक्स ब्लेड बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ ।
१६० सीसी इञ्जिन क्षमताको उक्त मोटरसाइलमा पहिलो पटक रोबो फेस एलईडी हेड ल्याम्प प्रयोग गरिएको कम्पनीको दाबी छ । स्पोर्टी र मस्कुलर लुक दिइएको उक्त बाइक नेपालको सडकका लागि उपयुक्त रहेको कम्पनीले बताएको छ । डिजिटल मिटर, लामो र आरमदायी सिट, मोनोसक सस्पेन्सन, डुअल आउटलेट टेलल्याम्प, फराकिलो टायर, बढी समय टिक्ने सिल चेनजस्ता विशेषता रहेको सो बाइक पाँच विभिन्न रङमा उपलब्ध छन् ।
होण्डा एक्स ब्लेडको मूल्य नेपाली बजारमूल्य २ लाख ८५ हजार ९ सय रुपैयाँ तोकिएको स्याकार ट्रेडिङ कम्पनीले जानकारी दिएको छ ।