महालक्ष्मी विकास बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता |
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैंक लिमिटेड र ब्लु क्रस अस्पताल प्रालिबीच बैंकका ग्राहकलाई उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालको तर्फबाट सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अब बैंकका ग्राहकले सो अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको सेवा शुल्कमा क्रमशः १२ र १० प्रतिशत छुट पाउनेछन् ।