एनएमबी बैंक ३ अर्बको ऋणपत्र जारी गर्दै |
काठमाडौं । एनएमबी बैंकले लगानी विस्तारका लागि ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने प्रक्रिया थालेको हो । बैंकले ऋणपत्र जारी गर्नका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग गरेको छ । स्वीकृति पाएलगत्तै ऋणपत्र जारी गर्ने बैंकको तयारी छ ।
बैंकले केही समयअघि मात्रै विश्व बैंकअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) मार्फत डेढ अर्ब रुपैयाँ ऋण लिएको छ । यसबाहेक अन्य विदेशी संस्थाबाट पनि पैसा ल्याएर नेपालमा लगानी विस्तार गर्ने योजना रहेको जानकार िदिएको छ ।