कालिका पावर भदौ २८ देखि आईपीओ निष्कासन गर्दै | ६००० कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले भदौ २८ गतेदेखि साधारण शेयर (आईपीओ ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासन बन्द छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गते तोकिएको निष्कासन तथा विक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
कम्पनीका अनुसार आईपीओ न्यूनतम ५० देखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । कुल निष्कासन शेयरमध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको कम्पनीले जानकारी दिएको छ ।