अनमोल आइमार्स मोबाइलको ब्राण्ड एम्बेस्डर, न्यौपाने कण्ट्री म्यानेजर |

काठमाडौं (आपास) । आइमार्स मोबाइल्सले आफ्नो ब्राण्ड एम्बेस्डरको रूपमा नेपाली चलचित्रका अभिनेता अनमोल केसीलाई नियुक्त गरेको छ । साथै, कम्पनीले कण्ट्री म्यानेजरमा सुशील न्यौपानेलाई नियुक्त गरेको छ ।
‘आइमार्स मोबाइल्स’लाई ओपल मल्टिनेशनल प्रालिले नेपाली बजारमा भित्र्याउन लागेको छ । कम्पनीले शुरूमा विभिन्न फिचर फोन तथा स्मार्ट फोनका ६ ओटा मोडल मात्र लञ्च गर्ने निर्णय लिएको छ । यसअन्तर्गत फिचर फोनका २ मोडल तथा स्मार्ट फोनका ४ मोडल रहेका छन् भने स्मार्ट फोनका ४ मोडलमध्ये एक कम्पनीको फ्याग्सिप मोडल पनि रहेको छ ।
कम्पनीले ती ६ वटा मोडलमध्ये तीनवटा फोन केही हप्ताभित्रै लञ्च गर्ने तयारी गरेको छ भने त्यसको केही समयपछि दुई नयाँ मोडलहरु लञ्च गर्ने योजना बनाएको छ । कम्पनीले ती मोबाइल फोनहरूको विक्रीपछिको सेवा पनि हाल बजारमा रहेका अन्य ब्राण्डहरुको तुलनामा धेरै फरक खालका सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।