ज्योति विकास बैंकको उच्च तहमा दुई पदाधिकारी |
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका उच्च व्यवस्थापनमा दुई नयाँ पदाधिकारी नियुक्त भएका छन् । बैंकको नायब महाप्रबन्धकमा सुशीलकुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका हुन् ।
नवनियुक्त शर्माको २३ वर्ष नेपाल एसबीआई बैंक र ५ वर्ष नबिल बैंकमा काम गरेको लामो अनुभव छ । उनी यसअघि एसबीआई बैंकको क्षेत्रीय प्रबन्धकको रूपमा कार्यरत थिए । व्यवस्थापनमा स्नातकोत्तर शर्माले शाखा प्रबन्धकदेखि विभागीय प्रमुख तथा क्षेत्रीय प्रबन्धकसम्मको कार्यानुभव सँगालेका छन् ।
त्यसैगरी नवनियुक्त आचार्य यसअघि एभरेष्ट बैंकको प्रबन्धक पदमा रहेका कायृ गरिरहेका थिए । उनीसँग एभरेष्ट बैंकमा २० वर्ष काम गरेको अनुभव छ । उनले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।
उच्च व्यवस्थापनमा शर्मा र आचार्यको नियुक्तिले ज्योति विकास बैंकको लक्ष्य प्राप्ति यात्रा अझ सहज हुने बैंकको विश्वास छ ।