कतार एयरवेजको ३ घण्टामै युरोप र अमेरिका जोडने नयाँ उडान तालिका |

काठमाडौं । कतार एयरवेजको नयाँ उडान तालिकाबाट अमेरिका र युरोप पुग्न सहज हुने बताइएको छ । एयरवेजले नेपालबाट दोहाका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंलाई अमेरिकासंग छोटो समयमै जोड्नका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको जानकारी दिएको छ ।
कम्पनीको जहाज अब काठमाडौंबाट २ बजेर १० मिनेटमा उडेर कतारको दोहामा ४ बजेर ४५ मिनेटमा अवतरण गर्नेछ । यससँगै अमेरिका तथा अन्य युरोपका गन्तव्यहरुमा ३ घण्टामा जोडिन सकिनेछ । कम्पनीका अनुसार अब नेपालीले अमेरिकामा रहेका आफ्ना आफन्तलाई ३ घण्टामै भेट्न सकिने गरी उडान तालिका सार्वजनिक गरिएको हो ।
उक्त तालिका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीब गौतमको उपस्थीतीमा सार्वजनिक गरिएको हो । कम्पनीले तय गरेको उक्त समयतालिकाले हवाई ट्राफिक जामलाई पनि केहि मात्रामा कम गर्ने बताईएकोे छ ।