होङ्सी शिवम सिमेण्टलाई १६ अर्ब ऋण दिने सम्झौता, २ चिनीया बैंक ग्यारेण्टीमा बसे |
काठममाडौं । होङसी शिवम सिमेण्टमा वाणिज्य बैंकहरुले पहिलो चरणमा १६ अर्ब रुपैंया ऋण लगानी गर्ने भएका छन् । ३६ अर्ब रुपैंयाको लगानीमा खुलेको सिमेण्ट उद्योगका लागि २ चिनीया बैंक नेपाली बैंकका लागि बैंक ग्यारेण्टीमा बसेका छन् । सिमेण्ट उद्योगमा ऋण लगानी गर्ने सम्बन्धमा राजधानीमा सोमबार सम्झौता भएको छ ।
नेपालको शिवम सिमेन्ट र चीनको होङसी सिमेन्टको संयुक्त लगानीमा सञ्चालनमा आएको होङसी शिवम सिमेन्टलाई नेपाली बैंकले ऋण उपलब्ध गराउँदै गर्दा चीनका २ बैंकहरु ग्यारेन्टी बसेका छन् । चीनका बैंक अफ चाइना र नेमसिङ बैंकको ग्यारेन्टीमा नेपाली बैंकहरुले ऋण लगानी गर्न लागेका हुन । एनएमबी बैंक होङसी शिवम सिमेन्टको सेक्युरिटिज एजेन्ट रहेको छ ।
एनएमबी बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट बैंक, र प्रभु बैंकले नेपाल एसबिआइ बैंकले सहवित्तीयकरणमा ऋण लगानी गर्ने सम्झौता भएको हो । यो ऋण सम्झौता सात वर्षका लागि गरिएको हो ।
स्वदेशी लगानी ३० प्रतिशत र विदेशी लगानी ७० प्रतिशत छ । उद्योगमा शिवम सिमेन्टको ११ अर्ब ४ चार करोड रुपैयाँ लगानी रहनेछ भने होङसीको २५ अर्ब रहनेछ । ऋण र लगानीको अनुपात भने होङसीको ६२.४१ प्रतिशत र शिवम सिमेन्टको ३७.५९ प्रतिशत रहनेछ ।
बैंक ऋणअघि उद्योगले सबै पैसा चीनबाट ल्याएर लगानी गरिरहेको थियो । अब कम्पनीको काम चालु भइसकेकाले त्यसका लागि आवश्यक पैसा बैंकबाट लिन लागेको हो । अहिले एनएमबी र प्रभु बैंकबाट मात्र एक अर्ब लगेको हो । समझदारीपछि अरु बैंकले पनि पैसा दिनु पर्ने हुन्छ ।