ज्योति विकास बैंक र कैलाश बैंकबीच रेमिट्यान्ससम्बन्धी सम्झौता |
काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच रेमिट सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र कैलाश विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब ज्योति विकास बैंकले संचालनमा ल्याएको ज्योति रेमिट सेवा कैलाश विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । हाल ज्योति विकास बैंकका ६० वटा शाखा रहेका छन् भने यस आर्थिक वर्षभित्र यस बैंकका थप ३० शाखा संचालनमा आउँदैछन् ।
साथै, कैलाश विकास बैंकका ६५ वटा शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने बैंकले बताएको छ ।