एनसीसी बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरूबाट एनएलजी इन्स्योरेन्स कम्पनीको पोलिसी विक्री गरिनेछ ।