नेपाल बैंक र सिटी एक्सप्रेसबीच रेमिट्यान्स सम्झौता |
काठमाडौं । नेपाल बैंक लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबारसम्बन्धी परिमार्जित सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र सिटी एक्सपे्रसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र टण्डनले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात् अब नेपाल बैंक लिमिटेडबाट पठाएको रेमिट्यान्स सिटी एक्सप्रेस मनी ट्रान्सफरका सम्पूर्ण एजेन्टमार्फत भुक्तानी प्राप्त गर्न सकिने तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत पठाइएको अन्तरराष्ट्रिय रेमिट्यान्स नेपाल बैंक लिमिटेडका सम्पूर्ण शाखा र यस बैंकका एजेन्टहरुबाट भुक्तानी प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।