प्रभु बैंकको नयाँ घरकर्जा योजना | ११ प्रतिशत वार्षिक ब्याजदरमै २५ वर्षका लागि कर्जा पाइने
काठमाडौं । घर किन्न वा नयाँ बनाउन नसक्ने आफ्ना ग्राहकहरूको सपना साकार पारिदिन प्रभु बैंकले नयाँ योजना ल्याएको छ । बैंकले सस्तो ब्याजदर ११ प्रतिशतमै नयाँ घर किन्न वा नयाँ घर बनाउने कर्जा उपलब्ध गराउन ‘नयाँ आवास योजना’ ल्याएको हो ।
उक्त योजनाअन्तर्गत सजिलो प्रक्रिया र सरल ब्याजदरमा घरकर्जा पाइने बैंकले जानकारी दिएको छ । बैंकले त्यस्तो कर्जा २५ वर्षसम्मका लागि घरकर्जा योजना ल्याएको छ । बैंकले ५ दिनभित्र कर्जा दिने तथा निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा दिने बताएको छ ।