चाड पर्वलाई लक्षितगर्दै असोज ११ देखि स्टक क्लियरेन्स मेला |
काठमाडौं । दशैंको अवसर पारेर असोज दोस्रो सातादेखि काठमाडौंको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको आयोजक इभेण्ट सोलुसन प्रालिले असोज ११ गतेदेखि नेपाल चेम्वर अफ कमर्शको प्रवद्र्धनमा मेला आयोजना हुन लागेको जानकारी दिएको छ ।
यस पटक मेलालाई ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको छ । ५ दिनसम्म चल्ने मेलामा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु राखिने आयोजक संस्था इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । ‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका स्टलहरु रहने छन् । १ सयभन्दा धेरै स्टलहरु रहने यो मेलामा बजारको तुलनामा सस्तोमा सामान किन्न सकिने प्रधानको भनाई छ ।
दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ मेलाको आयोजना गर्न लागिएको हो । मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने तथा बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ । ‘दशैंको सपिंग गर्न उपभोक्ताहरु बजारमा धेरै भौतारिनु पर्ने अवस्था नहोस् भनेर एउटै छानामूनी क्लियरेन्स मेला आयोजनागर्न लागेको प्रधानले बताए ।
५० हजार उपभोक्ताले मेला अवलोकन गर्दै आफुलाई आवश्यक पर्ने वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । वर्षेनी आयोजना हुँदै आएको मेलाको यो संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने विश्वास लिइएको छ ।