कथा सुनाउन जोस टक नेपालमा | नेपालका बिभिन्न क्षेत्रका प्रतिष्ठीत वक्ताहरु सहभागि हुँदै
काठमाडौ । सोबित बांगा र सुप्रिया पउलले अन्तरराष्ट्रिय युवाहरुमा मानविय सम्भावनाको उजागर गर्ने उद्देश्यका जोस टकको स्थापना सन् २०१५ मा गरेका हुन् ।
व्यक्तिहरुको प्रेरणादायि कथाहरु शेयर गर्ने प्ल्याटफर्मको रुपमा जोस टकले आफ्नो चिनारी बनाएको छ । नेपाल ‘जोस टक अन्तरराष्ट्रिय’सँग आवद्ध भएको छ । जोस टकले उद्यमशिलता, पब्लिक पोलिसी, खेलकुद, मनोरञ्जन तथा सामाजिक सेवा क्षेत्रका वक्ताहरु सम्मिलित कार्यक्रमको आयोजना गरिरहेको छ । हालसम्म यस्ता प्रेरणादायी कथाहरुले ३ करोड ५० लाख भन्दा बढि व्यक्तिहरुलाई प्रभावित पारिसकेको छ । जोस टक नेपालको उद्देश्य नेपालका हिरोहरुको स्टोरीद्धारा यहाँका युवाहरुलाई प्रेरित गर्नु रहेको छ ।
जोस टकको मुख्य उद्देश्य नै व्यक्तिहरुलाई कथाको माध्यमबाट नयाँ बिचार तथा अवसरहरुका कथासँग जोड्नु हो । जोस टक नेपालले नेपाली समूदायलाई विश्वमा आज के भइरहको छ भन्ने दिशातर्फ पाईला बढाउन सहयोग गर्ने छ । यसको मुख्य उद्देश्यनै नेपालका चुनिएका विद्धानहरुलाई आफ्ना कथाहरु शेयरगरि अन्य व्यक्तिहरुलाई श्रृजनाको औजार बन्न प्रेरित गर्नु हो । उक्त कार्यक्रम यहि मिति २०७५ साल भदौ २३ गते शनिवारका दिन बसुन्धरा स्थित साउथ वेस्र्टन कलेजमा आयोजना गरिने छ ।
वक्ताहरु
१. शैलेन्द्रराज गिरी, संथापक मेरोजब डटकम
२. शैली बस्नेत, माउण्टेनर तथा कमिडियन
३. सौनक भट्ट, लाईफकोच
४. अहमद दुल्ला, द फ्याकट्री टीम
५, शिक्षित खड्का, सह संथापक, टुटल
६, सुमन खड्का, युवा कार्यकर्ता
७, निकिता आचार्य, सह संथापक, अर्बन गर्ल
८, शत्रुग्न प्रसाद पुडाशैनी, सहसचिव, उध्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय
९, अभया सुब्बा, संगीतकर्मी