एनसेलकोे ‘रिचार्ज एण्ड विन’ अफर, हरेक हप्ता १० जनालाई ११ लाख |
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक बहुराष्ट्रिय कम्पनी एनसेलले हरेक हप्ता १० जनाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सक्ने नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले हिन्दूहरूको नजिकिँदै गरेको ठूला चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि ‘रिचार्ज एण्ड विन’ नामक योजना सार्वजनिक गरेको हो ।
उक्त योजनाअन्तर्गत १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने एनसेलले जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त योजना आइतवारदेखि नै लागू हुने र १० हप्तासम्म सञ्चालन हुनेछ । साप्ताहिक चक्रमा सञ्चालन हुने योजनाको शुरुआत आइतवार र समापन शनिवार हुनेछ ।
उक्त योजनामा सहभागी हुन हप्ताभर १ सय रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्ने एनसेलका प्रिपेड तथा पोष्टपेड ग्राहक हुनुपर्नेछ । त्यस्ता ग्राहकले प्रत्येक १ सय रुपैयाँबराबरको रिचार्जमा एसएमएसमार्फत एउटा कोड प्राप्त गर्नेछन् । योजना अवधिभर हरेक हप्ताको मंगलवार लक्की ड्रमार्फत १० जना विजेता चयन गरिनेछ । छानिएका भाग्यशाली विजेतालाई हरेक बिहीवार एक कार्यक्रममाझ नगद पुरस्कार हस्तान्तरण गरिने एनसेलले जानकारी दिएको छ ।