एनआईसी एशिया क्यापिटलले दिनेभो ७.३७ प्रतिशत लाभांश |
काठमाडौं (आपास) । एनआईसी एशिया क्यापिटलले चुक्ता पूँजीको ७ दशमलव ३७ प्रतिशत नगद लाभांश दिने भएको छ । शुक्रवार सम्पन्न क्यापिटलको दोस्रो वार्षिक साधारणसभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
साथै उक्त सभाले आव २०७४७५ को सञ्चालक समितिको प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरूको प्रस्तावसमेत पारित गरेको छ ।